Shastri in vedic astrology & ayurveda
Languages: Nepali, Hindi,
Experience: 15
Price: Rs. 800 ≈ (USD 6.0)
म राम प्रसाद आचार्य, एक अनुभवी ज्योतिषी, जसले विगत १५ वर्षदेखि ज्योतिष शास्त्रको माध्यम बाट मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गर्दै आएको छु। हाल, नेपाल ज्योतिष परिषद्, कास्की जिल्लाको अध्यक्षको रूपमा कार्यरत छु। मेरो नेतृत्वमा परिषद्ले वैदिक ज्योतिष शास्त्रको प्रवर्द्धन र संरक्षणका साथै ज्योतिषीय सेवा मार्फत समाज लाई योगदान दिने प्रयास गरिरहेको छ। विगत डेढ दशकको मेरो अनुभवले मलाई ज्योतिषीय ज्ञान लाई गहिरो सँग आत्मसात् गर्न र मानिसहरूको जीवनमा ग्रह, नक्षत्र र समयको प्रभाव लाई सही रूपमा विश्लेषण गर्न सक्षम बनाएको छ। मेरो मुख्य उद्देश्य भनेको ज्योतिषीय समाधानको माध्यम बाट मानिसहरू लाई जीवनका चुनौतीहरूको सामना गर्न मार्गदर्शन गर्नु हो। मैले आफ्नो ज्ञान र अनुभवको प्रयोग गरी व्यक्तिहरू लाई आफ्नो जीवनको जटिलताहरू समाधान गर्न, सही निर्णय लिन, र भविष्यको मार्ग स्पष्ट गर्न सहयोग पुर्याएको छु। मेरो विश्वास छ कि ज्योतिष केवल भविष्यको झलक दिने माध्यम मात्र होइन, यो जीवनका समस्याहरू समाधान गर्न र मार्गदर्शन गर्न सक्ने शक्तिशाली विज्ञान हो। यदि तपाईं आफ्नो जीवनको कुनै पनि क्षेत्रमा ज्योतिषीय परामर्शको आवश्यकता महसुस गर्नुहुन्छ भने, म यहाँ तपाईंको सेवा गर्न सधैं तयार छु।