Top Rated
Acharya
Languages: Nepali,Hindi,
Experience: 10+
Price: Rs. 800 ≈ (USD 6.0)
म ज्योतिषाचार्य माधव रिमाल। एक अनुभवी ज्योतिषी, जसले विगत १० वर्षदेखि नेपाल, भारत तथा भुटानमा ज्योतिषिय सेवा दिँदै, ज्योतिष शास्त्र विद्यामा गहिरो ज्ञान आर्जन गर्दै सेवामुखी यात्रा तय गर्दै आएको छु। नेपालमा गुरुकुलमा रहि संस्कृत तथा अध्यात्म क्षेत्रमा प्रारम्भिक अध्ययन पश्चात् वृन्दावन धाममा १८ पुराणको अध्ययन, हरिद्वारमा बसी ज्योतिषको प्रारम्भिक देखि स्नातकोत्तर सम्मको अध्ययन गरी ज्योतिष भौतिक तथा अनलाइन अध्यापन गराउँदै आएको छु। मेरो ज्योतिषीय परामर्शहरू केवल भविष्यवाणीमा मात्र सीमित छैनन्। मेरो उद्देश्य जीवनलाई सही दिशा र सन्तुलन प्रदान गर्न मार्गदर्शन गर्नु हो। ग्रहहरूको चलायमान प्रभाव र कुंडलीको गहिरो अध्ययनका आधारमा, म जीवनका विभिन्न पक्ष—करियर, शिक्षा, स्वास्थ्य, सम्बन्ध, र वित्तीय व्यवस्थापनमा समाधानहरू प्रदान गर्न प्रतिबद्ध छु। मेरो यात्राको मुख्य प्रेरणा भनेको प्राचीन ज्योतिष शास्त्र र आधुनिक प्रविधिको संयोजन गर्दै मानवीय जीवनलाई सरल र सहज बनाउनु हो। तपाईं पनि आफ्नो जीवन लाई नयाँ दृष्टिकोणले हेर्न चाहनुहुन्छ भने, म तपाईंलाई सहयोग गर्न तयार छु। मेरो ज्योतिषीय यात्रा तपाईंको सफल जीवनका लागि मार्गदर्शक बन्न सकोस् भन्ने मेरो शुभेच्छा छ।